फिल्म ‘लाइटर’ निर्माण हुने
काठमाडौँ । फिल्म ‘लाइटर’ निर्माण हुने भएको छ । निर्देशक राजु गिरीले अस्ट्रेलिया निवासी सरोज खनालसँग मिलेर यो फिल्म निर्देशन गर्न लागेका हुन् ।
निर्माण टिमले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । राजुले थुप्रै फिल्म निर्देशन गरिसकेका छन् भने सरोज यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
खनाल एसके प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको अहिले धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको छ । मङ्सिर दोस्रो साताबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको काम भइरहेको छ । केही दिनमा फिल्मको मुख्य कलाकार र प्राविधिक टिम सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
एक दशक लामो समयदेखि मेलवर्नमा बस्दै आएका खनालले एसके फ्रेस प्रालीको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका अलवा समाजसेवामा समेत सक्रिय छन् ।
देवेन्द्र खनाल निर्माता रहेको फिल्ममा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय बिराज खत्री, तुलसा खनाल र रेमन्त वली सह निर्माताको रुपमा रहेका छन् ।
फिल्मका लागि केही कलाकार छानिएको र केही छनौट बाँकी भएकोले अहिले सार्वजनिक नगरिएको निर्देशक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण