मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

मङ्गलबार, ०५ भदौ २०८०, १२ : ०२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ । 

 ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ । 

पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुनसकेको छैन । बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटव्युरो सदस्यहरुले दिएको सुझावका आधारमा बैचारिक राजनीतिक प्रतिवेदन पेश गरेको बताइएको छ । त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।

दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने उपसमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

cpn samajbadi ccm (1)cpn samajbadi ccm (2)cpn samajbadi ccm (3)cpn samajbadi ccm (4)cpn samajbadi ccm (5)cpn samajbadi ccm (6)cpn samajbadi ccm (7)cpn samajbadi ccm (8)cpn samajbadi ccm (9)cpn samajbadi ccm (10)cpn samajbadi ccm (11)cpn samajbadi ccm (12)cpn samajbadi ccm (13)cpn samajbadi ccm (14)cpn samajbadi ccm (15)cpn samajbadi ccm (16)cpn samajbadi ccm (17)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप