शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘ब्रह्माण्ड’ तीन भाषामा रिलिज हुने

बुधबार, ०६ भदौ २०८०, १० : १५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण गरेको सिरिज ‘ब्रह्माण्ड’ नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ । निर्माण युनिटले तीन भाषामै सिरिजको टिजर सार्वजनिक गर्दै निर्माण जानकारी दिएको हो ।

अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय सिरिजमा छ ।  सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दै छन् ।

ओटीटी प्लेटफर्मको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज तयार गरिएको हो । एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिलेसम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा गरेको छ । 

८ भागमा निर्माण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एक-एक घण्टाको हुनेछ । रियाज नाटक्कार यसका निर्देशक हुन् भने सागरराज आचार्य कार्यकारी निर्माता हुन् । एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर रहेका छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन सिरिज छ । एकेडेमीले केही ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलर सिरिज पनि निर्माण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप