तीन महिनाको गतिरोध अन्त्य गर्दै थाइल्याण्डले पायो नयाँ प्रधानमन्त्री
बैंकक । तीन महिना लामो राजनीतिक गतिरोधलाई अन्त्य गर्दै थाइल्याण्डको संसद्ले रियल स्टेट टाइकून श्रेट्टहा थाभिसिनलाई देशको नयाँ प्रधानमन्त्री चयन गरेको छ ।
६० वर्षीय थाभिसिनलाई फिउ थाई पार्टीले प्रधानमन्त्रीको एक्लो उम्मेदवारको रूपमा अघि सारेको थियो । उनले ७४७ मध्ये ४८२ मत प्राप्त गर्न सफल भएका थिए । रोचक कुरा, फिउ थाईका संस्थापक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि देश फर्किएकै दिन यो निर्वाचन भएको थियो ।
थाभिसिनले पदबहाली गर्न अघि अझै पनि राजा महा भाजिरिलोङकोर्नले अनुमोदन गर्न बाँकी रहेको छ । निर्वाचित भएपछि उनले देशको ३० औँ प्रधानमन्त्री बन्न पाएकोमा गौरवान्वित महसुस भइरहेको बताए । उनले मतदानमा सहभागी सबैलाई धन्यवाद दिँदै देश र जनताको जीवनस्तर उकास्न काम गर्ने जिकिर गरे ।
व्यवसायमा सफल थाभिसिन राजनीतिमा भने नयाँ हुन् । उनी सन् २०२२ मा फिउ थाई पार्टीमा आबद्ध भएका हुन् । गत मेमा भएको निर्वाचन अघि उनलाई पार्टीबाट प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो ।
निर्वाचनमा सुधारवादी पार्टी मुभ फरवार्ड पहिलो बने पनि थाइल्याण्डको राजतन्त्रबारेको कानुन परिवर्तन गर्ने बताएपछि संसद्ले पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो ।
–सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण