धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी
धादिङ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताए ।
उनले भने, ‘८ जनाको शव फेला परेको छ । ८ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ । अन्यको खोजी कार्य जारी रहेको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।
धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण