इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । उक्त प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीहरूको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत रहेको पुष्टि हुन्छ,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले मन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
शुल्क वृद्धि फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि सार्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण