अमृत साइन्स क्याम्पसमा एकेडेमीले लगायो ताला
काठमाडौँ । अमृत साइन्स क्याम्पसमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तालाबन्दी गरेको छ । केही महिनादेखि पढाई नहुने, क्याम्पस प्रमुख क्याम्पसमा अनुपस्थित हुने, क्याम्पसमा आर्थिक अनियमितता भएका कुराहरूमा ध्यानाकर्षण भएको जनाउँदै प्रशासनमा तालाबन्दी गरेको हो ।
क्याम्पस प्रमुख विद्यार्थीप्रति गैर जिम्मेवार हुँदै बिएससी सीएसआईटी, बिएससी, एमएससीका नियमित पठनपाठन दिनहुँ अवरोध हुने, क्याम्पसमा रहेको वैधानिक संस्था स्ववियु र क्रियाशील सङ्गठनहरूसँग माग पुरा गर्ने प्रतिबद्धता गर्ने तर, पुरा नगर्ने एकेडेमीको आरोप छ ।
विगतमा गरेका सम्झौताहरू पुरा नगरेसम्म र क्याम्पस प्रमुख लोकबहादुर बरालको बहिर्गमन नभएसम्म क्याम्पस प्रशासनमा तालाबन्दी नखोलिने अध्यक्ष सङ्कल्प तिवारीले बताए । एकेडेमीले गरेको तालाबन्दीमा अनेरास्ववियु छैटौँले समेत ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष सुमन तामाङले एकेडेमीले गरेको तालाबन्दीमा सङ्गठनको पूर्ण समर्थन रहेको बताए ।
अनेरास्ववियु छैटौँले केही दिन अगाडि सीएसआईटी विभागमा तालाबन्दी गरेको थियो । तर, क्याम्पस प्रमुखले बेवास्ता गर्दै आएको भन्दै एकेडेमीले प्रशासनमा गरेको तालाबन्दीप्रति समर्थन रहेको बताए ।
यसअघि अमृत साइन्स क्याम्पस स्ववियुले नै तालाबन्दी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण