शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसमा एकेडेमीले लगायो ताला

बुधबार, ०६ भदौ २०८०, १७ : १२
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । अमृत साइन्स क्याम्पसमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तालाबन्दी गरेको छ । केही महिनादेखि पढाई नहुने, क्याम्पस प्रमुख क्याम्पसमा अनुपस्थित हुने, क्याम्पसमा आर्थिक अनियमितता भएका कुराहरूमा ध्यानाकर्षण भएको जनाउँदै प्रशासनमा तालाबन्दी गरेको हो । 

क्याम्पस प्रमुख विद्यार्थीप्रति गैर जिम्मेवार हुँदै बिएससी सीएसआईटी, बिएससी, एमएससीका नियमित पठनपाठन दिनहुँ अवरोध हुने, क्याम्पसमा रहेको वैधानिक संस्था स्ववियु र क्रियाशील सङ्गठनहरूसँग माग पुरा गर्ने प्रतिबद्धता गर्ने तर, पुरा नगर्ने एकेडेमीको आरोप छ । 

विगतमा गरेका सम्झौताहरू पुरा नगरेसम्म र क्याम्पस प्रमुख लोकबहादुर बरालको बहिर्गमन नभएसम्म क्याम्पस प्रशासनमा तालाबन्दी नखोलिने अध्यक्ष सङ्कल्प तिवारीले बताए । एकेडेमीले गरेको तालाबन्दीमा अनेरास्ववियु छैटौँले समेत ऐक्यबद्धता जनाएको छ । 

अध्यक्ष सुमन तामाङले एकेडेमीले गरेको तालाबन्दीमा सङ्गठनको पूर्ण समर्थन रहेको बताए । 

अनेरास्ववियु छैटौँले केही दिन अगाडि सीएसआईटी विभागमा तालाबन्दी गरेको थियो । तर, क्याम्पस प्रमुखले बेवास्ता गर्दै आएको भन्दै एकेडेमीले प्रशासनमा गरेको तालाबन्दीप्रति समर्थन रहेको बताए । 

यसअघि अमृत साइन्स क्याम्पस स्ववियुले नै तालाबन्दी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप