गिरीबन्धु टीस्टेट जग्गा प्रकरणमा पनि छानबिन हुनुपर्छ : रामहरि खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टीस्टेटको जग्गा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले ललिता निवास जग्गा प्रकरणभन्दा ठूलो जग्गा हिनामिनाको काण्ड पनि चर्चामा आएको बताए ।
गिरीबन्धुको १५७ बिघा जग्गामा व्यक्तिले स्वार्थ साँधेर हिनामिना गरेको उनको आरोप छ । ‘नेपालमा ललिता निवासभन्दा बढी खतरनाक गिरीबन्धु टीस्टेट जग्गा प्रकरणमा चर्चामा आएको छ । यो ललिता निवासजस्तो थोरै जग्गाको कुरा होइन, यो त गिरीबन्धु टीस्टेटको ५०० बिघा क्षेत्रको जग्गाको कुरा हो,’ उनले भने ।
यति धेरै सरकारी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रम्हलुट गर्ने काम भएको उनले बताए । यसको विषयमा सरकार चनाखो भएर छानबिन गर्नु आवश्यक रहेको खतिवडाले बताए । उनले २०२९ सालमै ५०० बिघा कायम भएको जग्गा अहिले सरकारले सूचना निकालेर ३४२ बिघामात्रै कायम गर्नुले प्रश्न उब्जिएको बताए । ‘५०० बिघा जग्गा २०२९ सालमै गिरिबन्धु टीस्टेटको नाममा कायम भएको थियो । सो जग्गालाई सट्टा भर्ना गर्ने नाममा २०७८ सालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ,’ उनले भने ।
उनले अगाडि भने, ‘गिरीबन्धुको ५०० बिघा जग्गामध्ये अहिले ३४२ बिघामात्रै बाँकी छ । त्यहाँको १५७ बिघामा व्यक्तिले लाभ लिने गरी आर्थिक कारोबार भएको छ । यसको छानबिन हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण