आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।
यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण