प्रिमियरमा रुचाइयो ‘जय हो’
काठमाडौँ । शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म ‘जय हो’ प्रिमियरमा गरिएको छ । बुधवार रञ्जना सिनेप्लेक्समा गरिएको फिल्मको प्रिमियर फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।
कलाकार हरिवंश आचार्यले फिल्म ‘जय हो’ सबै दृष्टिकोणबाट उत्कृष्ट रहेको प्रतिक्रिया दिए । फिल्ममा कलाकारको अभिनय, कथावस्तु, छायाङ्कन पक्ष सबै दर्शकको मन छुने रहेको हरिवंशको धारणा रहेको छ ।
अभिनेत्री नायिका पूजा शर्माले पनि फिल्म राम्रो लागेको बताइन् । उनले छायांकार सौरभ लामाको कामको प्रशंसा गर्दै फिल्मका कलाकारको पनि अभिनय राम्रो रहेको प्रतिक्रिया दिइन् ।
_ylTxmFp1Te.jpg)
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको लोकेसन, कथावस्तु, कलाकारको अभिनयले मन छोएको धारणा राख्दा फिल्म हेर्ने धेरैले छायाङ्कन पक्षको प्रशंसा गरे । प्रिमियरमा नायिका गौरी मल्ल, निर्मात्री पुनम गौतम, निर्देशक नरेश पौड्याल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ र निशा अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा टेक पौरखी राईको निर्देशन रहेको छ ।
प्रेमकथामा बनेको फिल्म पोखरादेखि मुस्ताङसम्मको आकर्षक लोकेशनमा छायाङ्कन भएको छ । फिल्म स्वदेश तथा विदेशमा शुक्रवारबाट रिलिज हुँदैछ । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण