शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रामायण फिल्मबाट आलिया बाहिरिइन् : माता सीताको भूमिकामा नदेखिने, रामको भूमिकामा रणबीर

बिहीबार, ०७ भदौ २०८०, १४ : ५०
बिहीबार, ०७ भदौ २०८०

प्रभास र कृति सेनन स्टारर आदिपुरुषको असफलतापछि अब बलिउडका चर्चित निर्देशक नितेश तिवारीले रामायणको बनाउने निर्णय गरेका छन् । धेरै अघिदेखि फिल्ममा रामको भूमिकामा रणबीर कपुर र सीताको भूमिकामा आलिया भट्ट रहने खबर आएको थियो । यद्यपि, भारतीय सञ्चार माध्यममा प्रकाशित नयाँ खबरका अनुसार आलियाले अब फिल्ममा सीताको भूमिकामा खेल्ने छैनन् । उनी फिल्मबाट बाहिरिएकी छिन् ।

सीताको भूमिकामा देखिने छैनन् आलिया

पिंकभिलाको रिपोर्ट अनुसार आलिया फिल्मबाट बाहिरिएकी छिन् जबकी रणबीर कपुर फिल्ममा रामको भूमिकामा रहने छन् । फिल्मलाई दर्शकमाझ पेस गर्नका लागि राम्रो कास्टिङ आवश्यकता पर्ने भएकोले निर्माताले सीताको भूमिकामा आलिया भट्टलाई फिट नदेखेको बताइएको छ । त्यसैले उनलाई सीताको भूमिका प्रदान नगरिएको बताइएको छ ।

व्यस्त तालिकाका कारण फिल्मबाट बाहिरिइन् आलिया

यस्तै केही रिपोर्टका अनुसार निर्माता छिटोभन्दा छिटो काम सुरु गर्न चाहेको तर मितिमा समस्या भएका कारण आलिया भट्ट यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । यद्यपि, फिल्ममा कसलाई लिने, कसलाई नलिने भन्ने विषयमा निर्माण पक्षले कुनै आधिकारिक जानकारी भने दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप