रामायण फिल्मबाट आलिया बाहिरिइन् : माता सीताको भूमिकामा नदेखिने, रामको भूमिकामा रणबीर
प्रभास र कृति सेनन स्टारर आदिपुरुषको असफलतापछि अब बलिउडका चर्चित निर्देशक नितेश तिवारीले रामायणको बनाउने निर्णय गरेका छन् । धेरै अघिदेखि फिल्ममा रामको भूमिकामा रणबीर कपुर र सीताको भूमिकामा आलिया भट्ट रहने खबर आएको थियो । यद्यपि, भारतीय सञ्चार माध्यममा प्रकाशित नयाँ खबरका अनुसार आलियाले अब फिल्ममा सीताको भूमिकामा खेल्ने छैनन् । उनी फिल्मबाट बाहिरिएकी छिन् ।
सीताको भूमिकामा देखिने छैनन् आलिया
पिंकभिलाको रिपोर्ट अनुसार आलिया फिल्मबाट बाहिरिएकी छिन् जबकी रणबीर कपुर फिल्ममा रामको भूमिकामा रहने छन् । फिल्मलाई दर्शकमाझ पेस गर्नका लागि राम्रो कास्टिङ आवश्यकता पर्ने भएकोले निर्माताले सीताको भूमिकामा आलिया भट्टलाई फिट नदेखेको बताइएको छ । त्यसैले उनलाई सीताको भूमिका प्रदान नगरिएको बताइएको छ ।
व्यस्त तालिकाका कारण फिल्मबाट बाहिरिइन् आलिया
यस्तै केही रिपोर्टका अनुसार निर्माता छिटोभन्दा छिटो काम सुरु गर्न चाहेको तर मितिमा समस्या भएका कारण आलिया भट्ट यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । यद्यपि, फिल्ममा कसलाई लिने, कसलाई नलिने भन्ने विषयमा निर्माण पक्षले कुनै आधिकारिक जानकारी भने दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण