इन्जिनियरिङको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघको मसाल जुलुस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले अस्वभाविक शुल्क वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । बिहीबार साँझ नेविसंघ ललितपुरले पाटनढोकादेखि पुल्चो क्याम्पससम्म मसाल जुलुस निकालेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले मूल्य समायोजन नगरेसम्म आन्दोलन नरोकिने नेविसंघ केन्द्रीय सदस्य विजय बिजय महतोले बताए । 'नेविसंघहिजोसम्म कलम बोकेर आन्दोलनरत थियो । तर, डिनले वेवास्ता गरेकाले आजबाट मसाल बोक्न बाध्य भएका छौं । अब यो मसाल मुल्यवृद्धि नघाटेसम्म छाड्दैनौं,' महतोले भने ।
यस्तै नेविसंघ ललितपुरकार अध्यक्ष सरोज घोरासैनीले पनि मूल्यवृद्धि फिर्ता नभए इन्जिनियरिङ अध्ययन संस्थानको डिनको घर घेर्ने बताए । 'आज हामी मसाल बोकेर सडकमा छौँ । तर, डिनले कानमा तेल हालेर बस्नुभयो भने यो मसाल डिनको घरसम्म पुग्नेछ,' अध्यक्ष घोडासैनीले भने ।
इन्जिनियरिङ अध्यायनका लागि एकैपटक करिब २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै नेविसंघ आन्दोलित छ । शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । बुधबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि फिर्ता लिन माग गरेका थिए ।
बिहीबार कांग्रेस महामन्त्री गगन थापा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेका थिए । यस्तै कांग्रेस सांसद प्रदीप पौडेल बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानलाई मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण