कर्णालीका मुख्यमन्त्री स्वीट्जरल्याण्ड भ्रमणमा जाने
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा निस्किने भएका हुन् ।
शर्माले शुक्रवारको संसदमा भ्रमणबारे जानकारी गराएका छन् । उनी अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् ।
उक्त कार्यक्रम सेप्टेम्बर १ र २ मा हुँदै छ । वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी, समुदाय र हरित कार्यक्रम समेटिएको सो सेमिनारमा कर्णाली सरकारसँग सहकार्यकाबारे छलफल हुने उनले बताए । त्यसका लागि संघीय सरकारबाट अनुमति लिइसकिएको पनि उनले सुनाए ।
संघीय सरकारको निर्णयअनुसार भ्रमणका लागि स्वीकृत प्राप्त भइसकेको छ । ‘स्वीट्जरल्याण्ड भ्रमण कर्णालीमा लगानी भित्र्याउने, रोजगारीको सिर्जना गर्ने तथा समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भसँग जोडिएको छ,’ शर्माले भने,‘ बाँकी छलफल गरेर आइसकेपछि संसदमा जानकारी गराउने छु ।’
साथै शर्माले कर्णालीमा लगानी भित्र्याउनका लागि विभिन्न पहलहरू भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण