आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोला नेपालले गर्यो सक्षम २.० मेन्टरशिप प्रोग्रामका विजेता घोषणा

शनिबार, ०९ भदौ २०८०, ०७ : ०९
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ ।  एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रम कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ, जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमका लागि काठमाडौँ, पोखरा र चितवन जिल्लाका गरी ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ पÞmाईनलिस्टहरु छनोट गरिएको थियो । फाइनलिस्टहरुमा छनोट हुने वृन्दादिवान – केहिक्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशीमहर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरलामहर्जन –बायो–इन्जाइम्स, शान्ति राई –ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन् । 

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भनिन् “एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्य मार्फत हामी युवा महिला उद्यमीहरूले आफ्ना आकाङ्क्षाहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौं ।  यी उद्यमीहरूले अटल दृढ सङ्कल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदै छन् । हरेक ब्रशस्ट्रोकले व्यवसायिक नवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्त महिलाहरूको अविश्वसनीय महत्त्वाकाङ्क्षाको चित्र चित्रण गर्दछ ।”

काठमान्डौँको मायामनोर बुटिक होटेल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रममा महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । जजहरुको प्यानलमा प्रसन्ना बस्नेत, संस्थापक – कटन मिल नेपाल, स्नेह राजभण्डारी, पब्लिक अफेयर्स, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटि डिरेक्टर – कोका–कोला बेभरेज नेपाल र त्रिशाग्नी शाक्य, एग्जेक्युटिव डिरेक्टर – केजी एच ग्रुप रहेका थिए ।

निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशीमहर्जन– लर्नर्स रुम रसरलामहर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो र प्रत्येकले रु. १ लाखको पुरस्कार प्राप्त गरेका थिए । टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पुर्याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलनाथले भने, “योङ उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो । महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागि आवश्यक छ र तपाईँहरुको निरन्तर सहयोग प्रति हामी अत्यन्त आभारी छौं, जसले हामीलाई यस्ता प्रोगे्रसिभप्रोजेक्टहरु सञ्चालनगर्न प्रेरणा दिएको छ ।” 

कोका–कोलाले महिलाको आर्थिक सशक्तीकरणमा लगानी गरेर आफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरूका परिवार तथा समुदायलाई उज्ज्वल भविष्यका लागि सक्षम पार्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप