बजार
सातामा प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
शनिबार, ०९ भदौ २०८०, ११ : २९
काठमाडौँ । यो साता नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सुन र चाँदीको मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ पुगेको हो । यस्तै, गत साता तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख १० हजार ५५० रुपैयाँ छ ।
सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघकाअनुसार यो साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय ५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण