सङ्घीयता बचाउन केन्द्रीय सरकार प्रतिबद्ध छैन : विमलेन्द्र निधि
धनुषा । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सङ्घीयता बचाउन र सङ्घीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताउँदै शान्तिपूर्ण संवैधानिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।.
जनकपुरधामको श्री महावीर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहौल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए ।
जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरू हुनुपर्ने बताउँदै उनले महावीर युवा कमिटी जस्ता यहाँका युवाहरूले सामाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरूको खोजी गरी सम्मान गर्नुपर्ने बताए ।
उनले भने, ‘केन्द्रीय सरकार सङ्घीयताको मर्मअनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि सङ्घीय कानुन अनुसारको अधिकारका लागि अग्रसर देखिँदैन त्यसैले सङ्घीयता बचाउन आन्दोलनको आवश्यकता छ ।’
सो अवसरमा कमिटीको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीको नव निर्वाचित अध्यक्ष अजय गुप्तासहित ११ सदस्यीय नयाँ कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई शपथग्रहण गराएका थिए भने कमिटीका पूर्व अध्यक्षहरूले सामूहिक रूपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण