शुल्कवृद्धिको विरोधमा समाजवादी विद्यार्थी संगठनले थाल्यो आमरण अनसन
काठमाडौँ । समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेको भन्दै विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका हुन् ।
अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरूले आमरण अनसन थालेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । संस्थानले शुल्कवृद्धिको निर्णय फिर्ता नलिएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ ।
संस्थानको शुल्क कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार आजदेखि आमरण अनसन थालिएको उनको भनाई छ ।
उनीहरूले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । तर, संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गर्दै आएको उनीहरूको ठहर छ ।
उता, नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति सुलभ चापागाईं भदौ ४ गतेदेखि आमरण अनसनमा बस्दै आएका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
संस्थानले बजेटको अभावमा इन्जिनियरिङ कलेजहरू सञ्चालन गर्न गाह्रो भएको भन्दै शुल्क बढाउने निर्णय गरेको बताएको छ । शनिवार अबेर राति विज्ञप्ति जारी गर्दै संस्थानले सरकारले उपलब्ध गराउने बजेट कटौती गरेको र पुरानै शुल्क पढाउन सकिने अवस्था नरहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण