वाणगंगाको दोस्रो नगरसभाबाट ६ वटा विधेयक पारित
कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिकाको दोस्रो नगरसभाले नगरपालिकाका ६ वटा विधेयक पारित गरेको छ ।
शुक्रबार कोपवामा सम्पन्न दोस्रो नगरपरिषदले नगरपालिकाको प्रशासकीय कार्यविधि विधेयक, सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको विधेयक नगरसभाको बहुमतबाट पारित गरेको हो ।
सोही सभाबाट न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा विधेयक समेत पारित गरेको वाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले रातोपाटीलाई जानकारी दिए ।
विधेयक पारित भएसंगै कपिलवस्तुको सवैभन्दा ठूलो यस नगरपालिकालाई (छिमेकी जिल्लाका नगरपालिकासँग प्रतिस्पर्धा गरेर) सर्वाेत्कृष्ट नगरपालिका बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नगरपरिषदको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले नगरवासीले राज्यलाई नियमानुसार बुझाउनुपर्ने कर तिर्न कन्जुस्याइं गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण