शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : उम्मेदवार सिंह

आइतबार, १० भदौ २०८०, १८ : ०७
आइतबार, १० भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।  

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् । 

उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए । उनले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गरे ।

सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतिमा नसमेटेकोप्रति असन्तुष्टि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप