सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले बल्ल हटायो कोभिड प्रतिबन्ध, बाहिरबाट आउने एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने

सोमबार, ११ भदौ २०८०, १३ : ४२
सोमबार, ११ भदौ २०८०

प्योङयाङ । उत्तर कोरियाले विदेशमा रहेका आफ्ना नागरिकलाई देशमा फर्कनका लागि सीमामा लगाइएको कोभिड प्रतिबन्ध खुकुलो बनाएको छ । यद्यपि, देश फर्कन चाहनेहरू अझै एक हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विश्वव्यापी रूपमा महामारीको अवस्थामा गरिएको खुकुलोपनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्टेट इमर्जेन्सी एपिडेमिक प्रिभेन्सन हेडक्वार्टरर्सले जनाएको छ । राज्यद्वारा सञ्चालित केएनसीए मिडियाले यो रिपोर्ट आइतबार प्रकाशित गरेको थियो ।

कोरोनाभाइरससम्बन्धी प्रतिबन्ध अरू देशहरूले हटाइसक्दा पनि उत्तर कोरियामा भने यो अझै लागू थियो । जिरो कोभिड नीति अपनाउँदै सबैभन्दा कडा प्रतिबन्ध लगाएको चीनले पनि सन् २०२२ को डिसेम्बरमा यसलाई हटाएको थियो ।

उत्तर कोरियाले सन् २०२० को सुरुवातमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । पछिल्लो समय प्योङयाङले आफ्नो सीमा खुकुलो बनाउन थालेको सन्देश दिएको थियो । तर, अझै पनि देशमा आउन चाहनेहरू क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता कायम राखिएको छ । 

गत हप्ता प्योङयाङबाट उत्तर कोरियाली विमान बेइजिङमा पुगेको थियो । सन् २०२० को जनवरीपछि उत्तर कोरिया छाड्ने यो पहिलो व्यावसायिक उडान रहेको थियो । त्यस्तै, उत्तर कोरिया र रुसबीचको उडान पनि सुरु गर्ने तयारी गरिएको छ । -सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप