उत्तर कोरियाले बल्ल हटायो कोभिड प्रतिबन्ध, बाहिरबाट आउने एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने
प्योङयाङ । उत्तर कोरियाले विदेशमा रहेका आफ्ना नागरिकलाई देशमा फर्कनका लागि सीमामा लगाइएको कोभिड प्रतिबन्ध खुकुलो बनाएको छ । यद्यपि, देश फर्कन चाहनेहरू अझै एक हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ ।
विश्वव्यापी रूपमा महामारीको अवस्थामा गरिएको खुकुलोपनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्टेट इमर्जेन्सी एपिडेमिक प्रिभेन्सन हेडक्वार्टरर्सले जनाएको छ । राज्यद्वारा सञ्चालित केएनसीए मिडियाले यो रिपोर्ट आइतबार प्रकाशित गरेको थियो ।
कोरोनाभाइरससम्बन्धी प्रतिबन्ध अरू देशहरूले हटाइसक्दा पनि उत्तर कोरियामा भने यो अझै लागू थियो । जिरो कोभिड नीति अपनाउँदै सबैभन्दा कडा प्रतिबन्ध लगाएको चीनले पनि सन् २०२२ को डिसेम्बरमा यसलाई हटाएको थियो ।
उत्तर कोरियाले सन् २०२० को सुरुवातमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । पछिल्लो समय प्योङयाङले आफ्नो सीमा खुकुलो बनाउन थालेको सन्देश दिएको थियो । तर, अझै पनि देशमा आउन चाहनेहरू क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता कायम राखिएको छ ।
गत हप्ता प्योङयाङबाट उत्तर कोरियाली विमान बेइजिङमा पुगेको थियो । सन् २०२० को जनवरीपछि उत्तर कोरिया छाड्ने यो पहिलो व्यावसायिक उडान रहेको थियो । त्यस्तै, उत्तर कोरिया र रुसबीचको उडान पनि सुरु गर्ने तयारी गरिएको छ । -सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण