गैरलिम्बु समुदायले किराँती धर्मग्रन्थ मुन्धुमको अपव्याख्या गरेकोमा लिङ्देनको आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गैर लिम्बू समुदायले गाई गोरुको बलि चढाउने चलन किराँतको धर्मग्रन्थमै उल्लेख भएको भन्दै मुन्धुमको अपव्याख्या गरेकोप्रति आपत्ति जनाएका छन् ।
देशका धरान लगायत केही सहरहरूमा गाई गोरु हत्या गरेको विषयमा आन्दोलन चर्किरहेको बेला लिङ्देनले सामाजिक सञ्जालमार्फत लिम्बुहरूको पवित्र ग्रन्थ मुन्धुममा गाई गोरु त के किरा–फट्याङ्ग्रा समेत मार्ने कुरा उल्लेख नरहेको जिकिर गरेका हुन् ।
‘विशेष गरी केही गैर लिम्बु जनजातिहरूले किराँत मुन्धुम अनुसार लिम्बुहरूले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रूपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु’, उनले भने, ‘अरूको मुन्धुममा के छ कुन्नि उनीहरूले जानुन्। तर किराँत धर्म सामाजिक मुन्धुममा गाई–गोरु त के कुरा किरा,फटेङ्ग्रा,कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनै पनि जीवजन्तुको, हत्या(बलि) निषेध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण