चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा हात्तीका सात छावा
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो ।
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताए । गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए ।
गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो । चौधरीले भने, “हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् । एउटा बचाउन सकिएन, एउटा शुक्लाफाँटा गएर जन्मियो ।” उनले हात्ती प्रजननमा अहिलेसम्मकै धेरै सङ्ख्यामा बच्चा जन्मिएको बताउँदै यो निकुञ्जकै महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
चौधरीका अनुसार अघिल्लो आवमा एउटामात्रै बच्चा जन्मिएको थियो । “यो वर्ष थप तीन हात्ती गर्भवती भएका छन् । आगामी आवमा आठदेखि नौ वटा बच्चा जन्मिने सम्भावना छ”, उनले भने ।
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने चौधरीले जानकारी दिए । यस वर्ष बच्चा जन्माएका सबै हात्ती गर्भवती भइसकेका छन् । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । हाल जन्मिएका अधिकांश बच्चा जङ्गली हात्ती रोनाल्डा र गोविन्देका हुन् । गत वर्ष रोनाल्डो चार महिना तालिम केन्द्र क्षेत्रमा रहेकाले गर्भवती भएका अधिकांश हात्तीको प्रजनन रोनाल्डोसँग भएको उनको भनाइ छ ।
जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिएको चौधरीले बताए । उनका अनुसार तालिम केन्द्रले गत वर्ष नौ हात्तीका बच्चालाई तालिम दिएर पोष्टमा पठाएको थियो । “गत वर्ष कसरामा र सौराहामा दुई/दुई तथा बेलसहर, कछुवानी, बगही, बाघमारा र अमृते पोष्टमा एक/एक हात्ती तालिमपछि पठाइएको छ”, उनले भने, “तीन महिनामा तालिम सम्पन्न हुन्छ ।”
चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल १२ माउ हात्ती छन् । निकुञ्जमा ६० सरकारी हात्ती छन् । ती हात्ती पोष्टमा सुरक्षामा खटिने गर्दछन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६३ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण