कम्युनिस्टहरू कसरी जुट्दै छन् भनेर हामी देखाउँछौँ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन् । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका हुन् ।
‘फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’, उनले भने । कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उनले खुसी व्यक्त गरे ।
देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताए । एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उनले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण