सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कम्युनिस्टहरू कसरी जुट्दै छन् भनेर हामी देखाउँछौँ : विप्लव

सोमबार, ११ भदौ २०८०, १७ : २४
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन् । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका हुन् । 

‘फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’, उनले भने ।  कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उनले खुसी व्यक्त गरे । 

देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताए । एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उनले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप