आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न ओलीको चुनौती

सोमबार, ११ भदौ २०८०, १७ : ५७
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कमिसनका लागि पछि कुद्ने पार्टी नभएको दाबी गरे । 

‘यति यति भनेर कति कराइरहेका छौँ गरनत छानबिन, वाइडबडी छानबिन गर आफैँ जेलमा जाऊ । वाइडबडी छानबिन गर जेल जाऊ’, अध्यक्ष ओलीले भने, ‘अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ ।’ 

उनले सरकारलाई कहिले यताको ढोकाबाट कहिले उताको ढोकाबाट गुटुटु कुदेको भन्दै  ती सबै काण्डहरुको छानबिन गरेर देखाउन  चुनौती दिएका हुन् । 

‘अहिले चिया बगान निस्किएको छ गर न छानबिन’, उनले भने, ‘बिना कानुन ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमिसन आएन त्यसको छानबिन गर ।’ 

उनले गिरीबन्धु टिस्टेटका लागि कानुन बनाइदिएको दाबी समेत गरे । कानुन बनाउँदा कसैले कमिसन खान्छ ? भन्दै प्रश्न गर्दै ओलीले भने, ‘एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान् उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन ।’

तत्कालीन नेकपाको प्रशंग निकाल्दै अध्यक्ष ओलीले नेकपा अदालतले नफुटाएको बरु प्रचण्डले फुटाएको बताए । ‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो’, ओलीको भनाइ छ । उनले नाम मिलेन भनेर भनेको कुरालाई अदालतले फुटायो भन्ने हल्ला फिँजाएको आरोप लगाए । 

अध्यक्ष ओलीले एमालेलाई फुटाउन निर्वाचन आयोग र तत्कालीन सभामुखको संयुक्त साँटगाँठ भएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप