आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओलीले शेयर गरे माधव नेपालको तस्बिर

सोमबार, ११ भदौ २०८०, २० : ३५
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालसहितको तस्बिर शेयर गरेका छन् ।

सोमबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओली र नेपालसँगै बसेको तस्बिर केपी शर्मा ओली फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् ।

‘आज बसेको प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर । शुभसन्ध्या !’, ओलीले राखेका तीनवटै तस्बिरमा ओली र नेपालसँगै बसेका देखिन्छन् ।

kok

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप