प्रचण्डलाई सांसद घर्तीको प्रश्न : तीन–तीन पटक प्रधानमन्त्री हुनुभयो तर रोल्पालाई के दिनुभयो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको भूमिका रहेको विषयमा कसैको विमति नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ईश्वरी घर्तीले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले इतिहासको हरेक कालखण्डमा रोल्पाली जनताको वीरताको प्रशंसा हुने उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले रोल्पाको विकास र जनताको जीवनस्तरमा रूपान्तरणका लागि विगतदेखि नै सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले भने–‘मानव विकासमा पछि परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, रोल्पा, रुकुम लगायतका जिल्ला तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउनलाई ती क्षेत्रमा विकास पूर्वाधार विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराउनु चाहन्छु ।’
उनले जुम्लाको विकासका लागि स्याउको सुपरजोन तथा पकेट क्षेत्रहरू घोषणा गरी आवश्यक सहयोग तथा सहुलियत प्रदान गर्दै आएको बताए । यो वर्षको बजेट तथा कार्यक्रममा प्रधानमन्त्री एकीकृत कृषि आयोजना लगायतका कार्यक्रम तथा प्रदेश तथा स्थानीय तहको विकास कार्यक्रमबाट उत्पादन प्रशोधन तथा प्याकेजिङमा आवश्यक सहयोग तथा सहुलियत प्रदान गरेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण