मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिनाको विवाहको ११ औँ दिनमा श्रीमानलाई गोली लाग्यो : २५ वर्षमा विधवा, बिहे गर्छु भनेर धर्नामा बसे २० वर्ष जेठा किशोर कुमार

मङ्गलबार, १२ भदौ २०८०, १५ : ४६
मङ्गलबार, १२ भदौ २०८०

६० देखि ७० को दशककी चर्चित अभिनेत्री लिना चन्दावरकर आज ७३ वर्षकी भइन् । सौन्दर्य प्रतियोगिता जितेर फिल्ममा प्रवेश गरेकी लिनाले त्यो जमानाका हरेक सुपरस्टारसँग काम गरिन् । चर्चित गीत ‘जानें क्यों लोग मोहब्बत किया करते हैं...’ ‘ढल गया दिन हो गई शाम...’ ‘हाय रे हाय, नींद नहीं आए...’ उनीमाथि छायाङ्कन गरिएको थियो, जुन अहिले पनि चर्चित छ । 

फिल्ममा आफ्नो अभिनयबाट नाम र ख्याति कमाएकी लिनाको व्यक्तिगत जीवन कुनै त्रासदी भन्दा कम थिएन । २५ वर्षको उमेरमा लिनाले चलचित्र छोडेर विवाह गरिन्, र 

विवाहको ११ दिनपछि नै उनका श्रीमानलाई गोली लाग्यो । त्यसपछि उनी २५ वर्षमा नै विधवा भइन् । त्यसपछि २० वर्ष जेठा किशोर कुमारले उनलाई मन पराए । 

आज लिना चन्दावरकरको जन्मदिनको विशेष मौकामा उनीबारे केही जानकारी लिऔँ । 

Leena-Chandavarkarसौन्दर्य प्रतियोगिता जितेपछि फिल्ममा प्रवेश 

लिनाको जन्म २९ अगस्ट १९५० मा कर्नाटकको धारवाडमा कोंकणी मराठी परिवारमा भएको थियो । उनका बुबा श्रीनाथ चन्दावरकर आर्मी अफिसर थिए । सानै उमेरमा लिनाले ग्ल्यामर उद्योगतर्फ झुकाव हुन थाल्यो । केही महिना मोडलिङ गरेपछि उनले फिल्म फेयरले आयोजना गरेको फ्रेस फेस ब्युटी कन्टेस्टमा भाग लिइन् । यसमा देशभरका धेरै युवतीको सहभागिता थियो र लिनाले यस प्रतियोगितामा दोस्रो स्थान हासिल गरिन् । यसमा जितेपछि उनले लगातार ठुला मोडलिङ प्रोजेक्ट पाउन थालिन् ।

मोडलिङका क्रममा लिनाले १८ वर्षको उमेरमा नै धेरै व्यावसायिक विज्ञापनमा काम गर्न थालिन् । केही फिल्मसँग सम्बन्धित व्यक्तिहरूले सम्पर्क गर्दा लिनाले सुनिल दत्तको फिल्म मसीहा (१९६७) को लागि अडिसन दिइन् र यसरी उनले पहिलो फिल्म पाइन् । फिल्मको सुटिङ सुरु हुनु अघि नै फिल्म नै बन्द गरियो । त्यसैले सुनिलले लिनालाई आफ्नो दोस्रो फिल्म ‘मन का मीत’ फिल्ममा काम दिए । सन् १९६८ मा रिलिज भएको यो फिल्मबाट लिना रातारात स्टार बनिन् । 

leena1हेमा मालिनी र मुमताजसँग प्रतिस्पर्धा 

७० को दशकमा हेमा मालिनी र मुमताजलाई सबैभन्दा चर्चित अभिनेत्री मानिन्थ्यो, यद्यपि लिनाले पनि केही हिट फिल्महरू दिएर शीर्ष अभिनेत्रीहरूमा स्थान बनाएकी थिइन् ।

सन् १९६९ देखि १९७९ सम्मको १० वर्षमा लिनाले त्यस युगका हरेक सुपरस्टारसँग काम गरिन् । उनले राजेश खन्नासँग महबूब की मेहन्दी, दिलीप कुमारसँग बैराग र जितेन्द्रसँग हमजोलीमा काम गरेकी थिइन् ।

leena2२४ वर्षको उमेरमा पहिलो  विवाह, ११ दिनपछि श्रीमानलाई गोली लाग्यो

२४ वर्षको उमेरमा लिनाले सिद्धार्थ बन्दोडकरसँग मागी विवाह गरेकी थिइन् । सिद्धार्थ चर्चित राजनीतिक परिवारका थिए । उनीसँग बिहे गर्न लिनाले धेरै फिल्म छोडिन् । उनले धेरै अधुरा फिल्म पनि पूरा गरिनन् ।  बिहे भएको ११ दिन मात्रै बितेको थियो कि एक दुर्घटनामा उनका श्रीमानलाई गोली लाग्यो ।

वास्तवमा उनी घरमा नै बन्दुक सफा गर्दै थिए तर गल्तीले उनलाई गोली लाग्यो । उनको अवस्था गम्भीर देखिएपछि उनलाई अस्पताल भर्ना गरियो । धेरै प्रयास र उपचारका बाबजुद ११ महिनापछि सिद्धार्थको मृत्यु भयो । यति बेला लिना २५ वर्षको मात्रै थिइन् ।

leena3श्रीमानको मृत्युपछि आत्महत्या गर्ने सोच 

सिद्धार्थको मृत्युपछि लिना आफ्नो परिवारसँग बस्न गइन् । परिवारका सदस्यले उनलाई श्रीमानको मृत्युको कारण बताउँदै विभिन्न लाञ्छना लगाउँथे । परिवारको यस्तो व्यवहारले आजित उनी आत्महत्या गर्न चाहन्थिन् तर उनले फिल्ममा फिर्ता हुँदा राम्रो हुने सोचिन् । 

फिल्ममा फर्किएर उनले दिलीप कुमारसँग फिल्म ‘बैराग’ मा काम गरिन् । नायकको रूपमा दिलीप कुमारको यो अन्तिम फिल्म थियो, जुन बक्स अफिसमा फ्लप भयो । पछि उनले यारों का यार, आखिरी गोली, नालायक जस्ता फिल्ममा काम गरे ।

leena4किशोर कुमारले विवाह गर्न घरबाहिर दिएका थिए धर्ना 

प्यार अजनबी है फिल्ममा सँगै काम गर्दा किशोर कुमार लिना चन्दावरकरसँग प्रेममा परेका थिए । दुवैले सँगै समय बिताउन थाले र त्यसपछि लिनाले पनि उनलाई मन पराउन थालिन्, तर लिनाका परिवारका सदस्यहरू उनीहरूको सम्बन्धमा खुसी थिएनन् । वास्तवमा लिनासँग सम्बन्धमा आउनुअघि किशोर कुमारले तीन वटा विवाह गरिसकेका थिए । उनको पहिलो श्रीमती रुमा घोषसँग सम्बन्ध विच्छेद भएको थियो भने दोस्रो श्रीमती मधुबालाको निधन भएको थियो भने तेस्रो श्रीमती योगिता बालीसँग पनि सम्बन्धविच्छेद भएको थियो । दोस्रो ठुलो कारण किशोर कुमार लिनाभन्दा २० वर्ष जेठो थिए ।

लिनाका बुबाले उनीहरूको विवाह हुन सक्दैन भनेर स्पष्ट पारिसकेका थिए । यो कुरा किशोर कुमारलाई थाहा भएपछि लिनाका बुवाविरुद्घ उनी दैनिक धारवाडस्थित घर बाहिर धर्ना दिएर बस्थे । धर्ना दिने बेला किशोर  कुमारले ठुलो स्वरमा गाउँथे – घृणा गर्नेहरूको मनमा प्रेम भरिदिऊँ ।

लिनाका बुबा आर्मी अफिसर हुनुका साथै एकदमै कडा स्वभावका थिए तर पनि किशोर कुमारले उनलाई आफ्नो व्यवहारबाट मनाउन सफल भए ।

leena5बिहे हुँदा लिना ७ महिनाकी गर्भवती थिइन्

लिना चन्दावरकर र किशोर कुमारले सन् १९८० मा विवाह गरेका थिए । वास्तवमा परिवारको स्वीकृति लिनुभन्दा एक वर्षअघि किशोर कुमार र लिनाले अदालती विवाह गरिसकेका थिए । दुवैले परिवारको उपस्थितिमा दोस्रो पटक विवाह गर्दा लिना ७ महिनाकी गर्भवती थिइन् । विवाहको केही महिनामै लिनाले छोरा सुमित गांगुलीलाई जन्म दिइन् ।

किशोर कुमारसँग विवाह गर्नका लागि फिल्म इन्डस्ट्री छोडिदिइन्

किशोर कुमारसँग विवाह गरेर आमा बनेपछि लिनाले फिल्ममा काम गर्न पूर्ण रूपमा छोडिन् । उनको अन्तिम फिल्म सन् १९८९ मा फिल्म ‘ममता की छांव में’ थियो, जसमा उनी राजेश खन्नाको अपोजिट देखिएकी थिइन् । उनले फिल्म उद्योग छोडेको वर्षौँपछि यो फिल्म रिलिज भएको थियो ।

leena6विवाह गरेको ७ वर्षपछि किशोर कुमारको निधन 

लिना चन्दावरकर र किशोर कुमार मुम्बईको वार्डन रोडमा बस्थे । दुवैलाई गोपनीयता मन पर्थ्यो र बाहिरी संसारसँग कम सम्पर्क थियो । यी दुईको विवाह भएको सात वर्ष मात्रै भएको थियो कि किशोर कुमारको १३ अक्टोबर सन् १९८७ मा निधन भयो । मृत्यु हुनु केही मिनेट अघि मात्रै किशोर कुमारले श्रीमतीलाई मरेको अभिनय गरेर तर्साएका थिए । वास्तवमा १३ अक्टोबरको बिहान लीना उनलाई उठाउन पुग्दा किशोर कुमार बेहोस भएको जसरी बेडमा सुतिरहेका थिए, लिना आत्तिएर नजिक जाँदा किशोरले अचानक आँखा खोलेर ‘तिमी डरायौ ? आज त मेरो छुट्टी हो नि’ भने । 

मृत्यु हुने दिन किशोरले लिनालाई फिल्म ‘रिभर अफ नो रिटर्न’ हेर्ने बताएका थिए । त्यस दिन उनको थुप्रै मिटिङ पनि थियो । तर त्यसको केही मिनेट पछि नै उनी अर्को कोठामा गए र लडे । लिना कोठामा पुग्दा किशोर कुमारले उनलाई भने, ‘मलाई असाध्यै कमजोरी महसुस भइरहेको छ ।’

लिनाले दौडिएर फोन भए ठाउँ गइन् तर किशोर कुमारले उनलाई रोके । रिसाउँदै उनले भने, ‘तिमीले डाक्टर बोलायौ भने मलाई हृदयाघात हुनेछ ।’ लिनालाई लाग्यो किशोर पुनः जिस्किरहेका छन् तर केही मिनेट भित्रै उनको मुटुको गति रोकियो । ३७ वर्षको उमेरमा लीन पुनः विधवा भइन् ।

Leena-Chandavarkar2किशोर कुमार बितेपछि सौतेनी छोरासँग बस्न थालिन् लिना

किशोर कुमारको मृत्यु भएको केही दिनपछि लिना उनकी तेस्रो श्रीमती रुमा गुहाका छोरा अमित कुमार र उनकी श्रीमतीसँग बस्न थालिन् । लिना अहिले पनि उनीहरूसँगै बस्छिन् । 

Leena-Chandavarkar1

दैनिक भास्कर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप