सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको एयर ट्राफिक समस्यामा साइबर आक्रमण नभएको दाबी

बुधबार, १३ भदौ २०८०, ०७ : १३
बुधबार, १३ भदौ २०८०

लन्डन । बेलायतमा भएको एयर ट्राफिक कन्ट्रोल समस्या कुनै पनि साइबर आक्रमण नभएको सरकारले दाबी गरेको छ । बेलायतको एयर ट्राफिक कन्ट्रोलमा सोमबार मध्यान्नबाट देखिएको प्राविधिक समस्याका कारण हजारौँ उडान रद्द भए भने सञ्चालनमा रहेका उडान पनि सुस्त गतिमा सञ्चालन भइरहेका छन् । 

नेशनल  एअर ट्राफिक सर्भिसमा भएको त्रुटिका कारण सोमबार बेलायतका एक चौथाइ भन्दा बढी उडानहरू प्रभावित हुनुका साथै हजारौँ यात्रुहरू मारमा परेका छन्  ।

उडान रद्द हुने र ढिलाइ हुने क्रम मंगलबार पनि यथावत् रहेको र पूर्ण रूपमा सञ्चालन हुन् अझै केहि दिन लाग्ने ट्रान्सपोर्ट सेक्रेटरी मार्क हार्परले जनाएका छन् । घटनाको बारेमा उड्डयन विभाग (सिभिल एभिएसन अथोरिटी)ले चाडै अनुसन्धान तथा छानबिन गर्ने  प्रधानमन्त्रीका प्रवकले बताएका छन् । प्राविधिक घटनाको वास्तविक छानबिन गरी उड्डयन विभागले सरकारलाई बुझाउनेछ ।

विश्वकै अति व्यस्त एअपोर्टमध्ये टप फाएभमा पर्ने लन्डनको हिथ्रो विमानस्थालमा सोमबार मात्र ७९० उडान रोकिएका थिए जुन कुल उडान सङ्ख्याको करिब २७ प्रतिशत रहेको उड्डयन कार्यालयको तथ्याङ्कले देखाएको छ । यसै गरी ७९० उडानहरू अवतरण गर्नबाट वञ्चित भएका थिए । गेट्वीक तथा म्यानचेस्टर एअरपोर्टको तुलनामा हिथ्रो एयरपोर्टमा बढी उडान रद्द भएका थिए ।

मंगलबार र बुधबार उडान भर्ने यात्रुहरूलाई एअर्लाइन्समा बुझेर मात्र एयरपोर्ट जान अनुरोध गरिएको छ । उडान ढिला हुने तथा रद्द हुनसक्ने भएकाले पहिला चेक गरेर मात्र यात्रा तय गर्न भनिएको छ । साथै आफ्नो टिकट पछिको लागि मिति परिवर्तन गर्न चाहेमा निःशुल्क व्यवस्थाको समेत आव्हान गरिएको छ ।

होलिडेको समय भएकाले छोटो समयको लागि  होलिडे जाने यात्रुहरूको होलिडे यात्रा नै रद्द हुन् पुग्यो भने होलिडे गैर फर्किन लागेका यात्रुहरू पनि अन्यत्र नै रोकिन बाध्य भएका छन् । सामान्यतया ३र४ दिनको पारिवारिक होलिडे जाने यात्रुहरूको भने होलिडे सपना नै अधुरो रहन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप