सिरहाको अम्वासमा आज एमाले सचिवालय बैठक बस्दै

सिराह । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । भट्टराईका अनुसार सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।
एमालेले मार्क्सवाद, लेलिनवादलाई दर्शन सिद्धान्तको रूपमा सो महाधिवेशनले पास गरेको भन्दै सचिव भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त मोर्चा बनाएर जानुपर्ने निर्णय पनि गरिएको थियो । संयुक्त मोर्चाका कारण पञ्चायती व्यवस्थाको अन्त्य भएकाले अमवास एमालेका लागि ऐतिहासिक ठाउँ रहेको उनले बताए ।
कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने उनले बताए । सो ठाउँमा मदन भण्डारी नामको एउटा स्कुल समेत रहेको छ ।
जसका लागि १८ कट्टा जमिन पनि पार्टीले खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित