बि.स्टार फिल्मस् म्युजिक अवार्ड हुने
बुधबार, १३ भदौ २०८०, १० : ५५

काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।
‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ नाम दिइएको अवार्डको आवेदन समेत खुल्ला भएको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले जानकारी दिए ।
अवार्डमा जम्मा ४० विधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक हुनेछ ।
यस्तै अवार्ड वितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ । बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?