हारपछिको जित
बुधबार, १३ भदौ २०८०, ११ : २७
हार्नुको अर्थ हार मात्र होइन
जितको अन्तर्य पनि हो
त्यसैले म आज हारहरूलाई जितिरहेको छु
मान्यजनका अगाडि पहिले मैले हार्नु छ
पन्छाउनु छ हारको बाटो
पुग्नु छ हार्दै गन्तव्यमा
हार्नेहरूले कहिल्यै जित्दैनन् भनी भ्रममा नबसौँ
आमाबुवाका अगाडि हार्नु पर्छ
दाजुको अगाडि हार्नु पर्छ ।
कक्षामा शिक्षकसँग हार्नु पर्छ
कार्यालयमा प्रमुखसँग हार्नु पर्छ
बर्खामा पानी नपाएर रोपाइँ गर्न नपाउँदा
घरपुग्ने बाटोमा सिँढी लगाउन नपाउँदा
मेलामा मेलो सार्न नपाउँदा
राजनीतिमा राज गर्न नपाउँदा
यो समाजमा मैले हारिरहेको छु
हार्नुसम्म हारेँ, अब मैले जित्नु छ
खै अब कसलाई जित्नु ?
ए साँच्ची मैले अरूसँग हारेको मात्र हुँ
आफूलाई त हारेको छैन
त्यसैले अब अरूलाई हारेको मैले
म आफैँलाई जित्नु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण