नेप्सेमा सामान्य गिरावट, १९९० अंकमा परिसूचक
काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो ।
यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ । परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ ।
यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ ।
हिजो मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको थियो भने ८६ करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण