सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, १९९० अंकमा परिसूचक

बुधबार, १३ भदौ २०८०, १५ : २५
बुधबार, १३ भदौ २०८०

काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से  घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो ।

यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ । परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ ।

यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ ।

हिजो मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको थियो भने ८६ करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप