आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

के निर्णय गर्‍यो सिराहामा बसेको एमाले सचिवालय बैठकले ?

बुधबार, १३ भदौ २०८०, १७ : ००
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले सिराहाको अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनतासँग मिलेर पूर्वाधारका काम गर्ने भएको छ । नेकपा एमालेको चौथो राष्ट्रिय महाधिवेशनले नेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बुधवार बसेको सचिवालय बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन समेत गरेको छ । 

सचिवालय बैठकले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको ठहर पनि गरेको छ ।  ‘समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ । यतिबेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ’, बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

‘यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ ।

यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ’, नेकपा एमालेले भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप