प्रदेश दुग्ध विकास बोर्डले गर्या सरोकारवालासँग छलफल
काठमाडौँ । बागमती प्रदेश दुग्ध विकास बोर्डले सरोकारवालाहरूसँग छलफल गरेको छ । बोर्ड अन्तरगतको दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौँमा छलफल गरेको हो ।
छलफल कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्की रोगका कारण लाखौं पशुहरु संक्रमित भएको बताए । यस्तै, ५० औं हजार पशुको मृत्यु भएको दाहालले बताए । यसले किसानको ठूलो नोक्सान भएको छ भने दूध उत्पादनमा समेत कमी भएको छ ।
यो संक्रमणले तत्काल दूध अभावको समस्या नदेखिएता पनि आउँदो सिजन फगुणबाट बजारमा दूधको अभाव हुने दाहालको भनाई छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दूध कम हुनु पर्नेमा दूध बढी भएर मिल्क होलिडे हुने अवस्था आएको बताए । उनले भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दूध भित्रिँदा यहाँ ठूलो समस्या आएकोले तत्काल सीमा नाकामा कडाइ गरिनु पर्ने कुरामा जोड दिए ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गर्नुपर्ने माग राखे । अन्यथा थप विकराल समस्या आउन सक्ने उनको भनाई छ ।
बोर्डका निमित्त निर्देशक डा। सजिना ज्ञवालीले अहिले देखिएको समस्या हल गर्न नै यो छलफल आयोजना गरेको कुरा बताइन् । बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले किसानको समस्या समाधान गर्न बोर्डले प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण