'पिक्चर अफ द डे' भन्दै आइसीसीले राख्यो नेपाली राष्ट्रपतिले एसिया कप हेरेको तस्बिर
बुधबार, १३ भदौ २०८०, १८ : २४
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप हेरिरहेको तस्बिर राख्दै 'पिक्चर अफ द डे' भनेको छ । पाकिस्तानमा जारी नेपाल र पाकिस्तानबीचको खेल हेरिरहेका राष्ट्रपति पौडेलको तस्बिर सार्वजनिक गर्दै आइसीसीले 'पिक्चर अफ द डे' भनेको हो ।
राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीचको खेल शीतल निवासमा टेलिभिजनमार्फत हेरेका छन् ।
आइसीसीले भनेको छ, 'पिक्चर अफ द डे' : नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पत्नी सविता पौडेलसँग पाकिस्तानमा भइरहेको नेपाल र पाकिस्तानबीचको एसिया कप क्रिकेट हेरिरहेका छन् । नेपाली क्रिकेटको ऐतिहासिक क्षण ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण