बारामा नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज
कलैया । घरेलु तथा साना उद्योग कार्यालय बाराले आर्थिक वर्ष २०७९/८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ ।
आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार सात सय ३० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए ।
गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ( पसल) एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ ।
हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आवमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण