सरकार आफैँ भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष ओली
बुधबार, १३ भदौ २०८०, २२ : १६
सिराहा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । सिराहाको सर्रे अम्म्बासमा भएको सचिवालय बैठक पछि आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सुनकाण्ड लगायतका भ्रष्टाचारको काण्डमा सरकार लिप्त रहेको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘सरकारले सुन काण्डलाई सुरुमा मिडिया स्ट्न्ट गरेपनि अहिले भ्रष्टाचारी र तस्कर जोगाउने खेलमा छ ।’ उनले आफ्नो पार्टीका नेताहरूलाई फसाउन जलहरी काण्डदेखि टि स्टेट काण्ड समेतलाई उचालेर मुख्य घटनालाई दबाउन खोजिएको उनले बताए ।
उनले भने, ‘सरकारको हिम्मत छ भने सबै काण्ड उचालोस्, अन्य पार्टीका एउटा नेता पनि बच्ने छैन, सबै खोर भित्र हुनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण