सरकार आफैँ भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष ओली
बुधबार, १३ भदौ २०८०, २२ : १६

सिराहा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । सिराहाको सर्रे अम्म्बासमा भएको सचिवालय बैठक पछि आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सुनकाण्ड लगायतका भ्रष्टाचारको काण्डमा सरकार लिप्त रहेको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘सरकारले सुन काण्डलाई सुरुमा मिडिया स्ट्न्ट गरेपनि अहिले भ्रष्टाचारी र तस्कर जोगाउने खेलमा छ ।’ उनले आफ्नो पार्टीका नेताहरूलाई फसाउन जलहरी काण्डदेखि टि स्टेट काण्ड समेतलाई उचालेर मुख्य घटनालाई दबाउन खोजिएको उनले बताए ।
उनले भने, ‘सरकारको हिम्मत छ भने सबै काण्ड उचालोस्, अन्य पार्टीका एउटा नेता पनि बच्ने छैन, सबै खोर भित्र हुनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म