भलिबल हेर्न उपस्थित दर्शकको संख्याले विश्व कीर्तिमान बनायो
काठमाडौँ । सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रंगशालामा दर्शक खचाखच भरिएका हुन्छन् ।
अन्य खेलमा भने ठूलो सँख्यामा दर्शक उपस्थित भएको पाइँदैन । तर, हालै अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएको दर्शकको सँख्याले भने विश्व कीर्तिमान नै बनाएको छ । सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएको समाचारमा जनाइएको छ ।
कुनै पनि महिला खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । उक्त खेल नेबरास्का र ओमाहाबीच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित भएका थिए ।
यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडबीचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।
नेबरास्का र ओमाहाबीचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकैअघिदेखि प्रचारप्रसार गरिएको थियो ।
अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबीचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण