आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अमेरिकामा फेरि विवाद, समानान्तर रुपमा डेलिगेट सूची बालुवाटार पुग्यो

शुक्रबार, १५ भदौ २०८०, १४ : ०९
शुक्रबार, १५ भदौ २०८०

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा फेरि विवाद चुलिएको छ ।  आईसीसी प्रतिनिधि (डेलिगेट)को सूचीका विषयमा दुई पक्षबीच विवाद भएको हो । डेलिगेट छनौट समिति, एनआरएनए अमेरिका कार्यसमिति भित्र कुनै छलफल विना हचुवाका भरमा प्रकृया मिचेर डेलिगेटको नाम पठाइएपछि विवाद भएको बताइएको छ । 

छलफल नै नभएपछि आईसीसीमा अमेरिकावाट डेलिगेटको समानान्तर रुपमा दुईवटा सूची एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटार पुगेको छ ।  एउटा सूची डेलिगेट छनौट समितिले पठाएको छ भने अर्को सूची अध्यक्ष डा अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीले हस्ताक्षर गरेर पठाएका छन् । 

आईसीसीका वरिष्ठ अधिकारीले अमेरिकावाट डेलिगेटका लागि भन्दै दुईवटा सूची आएको पुष्टि गरे । 
एनसीसी अमेरिका कार्यसमितिले डेलिगेटको सूची तयार गर्न वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको संयोजकत्वमा कमिटी बनाएको थियो । तर, यो कमिटीलाई वेवास्ता गर्दै अध्यक्ष र महासचिवले अर्को सूची पठाएका हुन् । 

नयाँ कार्यसमितिले कार्य सम्हालेपछि एक पछि अर्को विवाद आईरहेको छ । प्रवक्ता देखि सल्लाहकार मनोनयन गर्दा समेत विवाद आएको छ । चुनावमा परिवर्तन गर्छु भन्ने नारा दिएका अध्यक्ष एक पछि अर्को गर्दै विवादमा परेका हुन् । 

एनआरएनए अमेरिका कार्यसमितिको निर्णय अनुसार गठन भएको डेलिगेट समितिका संयोजक विकास उप्रेतीले अमेरिकावाट जाने प्रतिनिधि डेलिगेटको नामका लागि कार्यसमितिमा छलफल नभएको वताए । 

अध्यक्ष र महासचिवले पठाएको डेलिगेटको सूची असन्तुलित र आफ्ना मान्छेलाई हेरेर राखिएको आरोप लागेको छ । 
डेलिगेट सूचीमा २२० जनाको नाम परेको छ । यो चुनाव केन्द्रित भएको आरोप लगाईएको छ । यसरी जाने डेलिगेटले चुनावमा मत हाल्न पाउँछन् । विश्वभरवाट करिव ४२ सय डेलिगेट हुन्छन् । अक्टोबरको मध्येमा काठमाडौँमा एनआरएनए विश्व सम्मेलन हुँदैछ । 
पटक पटकको यस्तै विवादले अहिले गैर आवासिय नेपालीका संस्था दुईवटा भएका छन् । 
दुई वर्ष अघि पनि अमेरिकाबाट गएको डेलिगेट सूचीकावारेमा विवाद भएको थियो । जुन वढ्दै जाँदा निर्वाचन समेत ह’न सकेन । अमेरिकामा यो इतिहास पुन दोहोरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप