पारसलाई बधाई दिँदै ओलीले भने–अब क्रिकेट प्रशासनको क्याप्टेन !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् । खड्का शुक्रबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै बागमतीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्का प्रदेश अध्यक्षमा निर्वाचित भएको सुनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खड्कासँग कहिलेकाहीँ कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि त्यसको व्यवस्थापन र प्रशासनिक पक्षको सुधारबारे छलफल हुने गरेको समेत स्मरण गरेका छन् ।
ओलीले पारसको तस्बिर र क्रिकेट संघ बागमतीको लोगो आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्, ‘आज मैले सुने उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन । बधाई छ क्याप्टेन पारस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली