पारसलाई बधाई दिँदै ओलीले भने–अब क्रिकेट प्रशासनको क्याप्टेन !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् । खड्का शुक्रबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै बागमतीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्का प्रदेश अध्यक्षमा निर्वाचित भएको सुनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खड्कासँग कहिलेकाहीँ कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि त्यसको व्यवस्थापन र प्रशासनिक पक्षको सुधारबारे छलफल हुने गरेको समेत स्मरण गरेका छन् ।
ओलीले पारसको तस्बिर र क्रिकेट संघ बागमतीको लोगो आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्, ‘आज मैले सुने उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन । बधाई छ क्याप्टेन पारस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण