बजार
सातामा प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य
शनिबार, १६ भदौ २०८०, ११ : ४८
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो । यसबाहेक, सुनको मूल्य बढेको साता चाँदीको समेत मूल्य बढेको छ । तर, यो साता चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि आएको छ ।
महासंघले हिजो शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जुन, गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण