शिक्षक संगठनको अध्यक्षमा पन्थी निर्वाचित
कपिलवस्तु - नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको जिल्ला अध्यक्षमा रमेश पन्थी निर्वाचित भएका छन् ।
शनिबार तौलिहवामा भएको निर्वाचनबाट प्रत्यासी लिला खनाललाई पराजित गर्दै जनता उच्च मावि पिपराका प्राचार्य समेत रहेका पन्थी अध्यक्षमा निर्वाचित भएका हुन् ।
जिल्लाको तौलिहवा, बनगाई र चन्द्रौटामा भएको निर्वाचनबाट कुल पाँच सय ५२ मत खसेको थियो । खसेको मत मध्ये बनगाई र चन्द्रौटाबाट दुई मत मात्र बदर भएको निर्वाचन अधिकृत खिम बहादुर जिसिले जानकारी दिए । अध्यक्ष र केन्द्रिय प्रतिनिधि बाहेक अरु सबै पदमा निर्विरोध नेतृत्व चयन भएको जिसीले जानकारी दिए ।
नेकपा एमाले निकट शिक्षकहरुको संघठनको रुपमा हेरीएको यस संघको केन्द्रिय प्रतिनिधिमा केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारी र निबर्तमान जिल्ला सचिव गोकर्ण अर्याल निर्वाचित भएका छन् ।
यस्तै जिल्ला पदाधिकारी तर्फ बरिष्ठ उपाध्यक्षमा झविन्द्र भण्डारी, उपाध्यक्षमा रामप्यारी पौडेल, सचिवमा गोविन्द बेल्वासे, कोषाध्यक्षमा राम औतार थारु चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण