एमाले लुम्बिनी प्रदेशमा अध्यक्ष मण्डल गठन
आइतबार, १७ भदौ २०८०, १० : ०७
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस भएको छ।
बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ । प्रदेश प्रचार विभागका अध्यक्ष डिआर घिमिरेका अनुसार प्रतिवेदन पेस भएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डलको गठन भएको छ ।
अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्युरो सदस्यबाट सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट साबित्रा अर्याल र सरिता खनाल सदस्य रहेका छन् ।
आज पेस भएको प्रतिवेदनमाथि आज पहिलो चरणमा समूहगत छलफलपछि पास गरिने र बल्ल निर्वाचन प्रक्रियामा अगाडि बढ्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण