नारायण रायमाझी साङ्गीतिक साँझको पैसा सामाजिक कार्यमा लगाइने
काठमाडौँ । वरिष्ठ सङ्गीतकार तथा गायक नारायण रायमाझीको एकल साँझ ‘नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’ बाट उठेको रकम सामाजिक कार्यमा लगाइने भएको छ । एकल साँझ कार्यक्रमको आयोजना खर्च कटाएर बचेको सबै रकम सामाजिक कार्यमा लगाइने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।
‘अग्रज सङ्गीतकार तथा गायक नारायण रायमाझीले केही अगाडिको प्रेस मिटमा एकल साँझबाट उठेका रकम आयोजना खर्च कटाएर प्रतिष्ठानलाई दिने बताउनु भएको थियो’, अध्यक्ष थापा मगरले भनिन् ‘उहाँबाट प्रतिष्ठानलाई के कति प्राप्त हुन्छ, त्यो पैसा नारायण रायमाझी पुस्तकालय स्थापना तथा स्वर्गीय कलाकारको सन्तानको अध्ययनमा खर्च गर्ने हाम्रो सोच छ ।’
यस विषयमा प्रतिष्ठानका साथीहरूसँग छलफल समेत भइरहेको उनले जानकारी दिइन् । भनिन्, ‘एकल साँझमा कति खर्च भयो, कति उठ्यो भनेर हिसाब गर्न बाँकी छ । त्यो सबै पारदर्शी हुन्छ ।’
प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’ आयोजना गरेको थियो । यो एकल साँझमा गायक तथा सङ्गीतकार रायमाझीको जीवनकै पहिलो एकल साँझ थियो ।
कार्यक्रममा रायमाझीले आफ्ना कालजयी गीत सम्झी रेलीमै, फुलबुट्टे चोलीमा, राम्दी पुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत गाएर दर्शकको मन जितेका थिए ।
कार्यक्रम हेर्न देशका विभिन्न भागबाट सर्वसाधारण सहभागी थिए । कार्यक्रमको हलमा सबै नअट्ने भएकोले प्रतिष्ठानले हल बाहिर डिजिटल बोर्ड मार्फत हेर्न मिल्ने व्यवस्था गरेको थियो ।
रायमाझीको हरेक गीतको प्रस्तुतिमा दर्शकबाट हुटिङर तालिको साथ रहेको थियो । कार्यक्रममा शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले एकल साँझमा रायमाझीलाई साथ दिएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारको उच्वपदस्थ पदाधिकारी, गीतसङ्गीत क्षेत्रका वरिष्ठदेखि कनिष्ठ व्यक्तिसम्मको उपस्थिति कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा रायमाझी निर्देशित आगामी कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को प्रचार प्रसार समेत गरिएको थियो । रायमाझीले यस अगाडि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ नामक दुई हिट फिल्म दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण