एमाले लुम्बिनी प्रदेश अधिवेशन : सहमति र निर्वाचन प्रक्रिया दुवै सँगै लैजाने तयारी
बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नै टुङ्गाउन निर्देशन दिए पनि सहमति र निर्वाचन प्रक्रिया दुवैलाई अगाडि बढाउने तयारी भएको छ ।
अहिले बन्द सत्रमा राजनीति प्रतिवेदनमा उठाएका प्रश्नहरू टिप्ने काम चलिरहेको छ। प्रतिवेदन माथिको छलफल सकिएपछि निर्वाचन मण्डललाई जिम्मा लगाउने तयारी भएको एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मण्डलका सदस्य सूर्य थापाले बताए ।
उनले राजनीति प्रतिवेदनमाथि छलफल सकिएपछि निर्वाचन मण्डलको जिम्मा लगाउने योजना रहेको रातोपाटीलाई बताए । उनले भने -'निर्वाचन मण्डलले सहमति र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउने छ ।'
लुम्बिनी प्रदेशको अध्यक्षमा दुई जना आकाङ्क्षी देखिएपछि अध्यक्ष ओलीले निर्वाचनमा भन्दा सहमतिमा नेतृत्व टुङ्गाउनको लागि अध्यक्ष मण्डल संयोजक एवं एमाले सचिव पद्मा अर्याललाई निर्देशन दिएका थिए । उक्त मण्डलको सदस्यमा थापासहित ७ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण