ओली–हेलेन भेटवार्ता : शान्ति प्रक्रिया र एमसीसीबारे अमेरिकी चासो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
भेटमा होलेनले दुई देशबीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानलाई निरन्तरता दिँदै अघि बढ्न अमेरिका तयार रहेको बताएका थिए । साथै उनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राखेका थिए । त्यसक्रममा उनले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिएका थिए । जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएकै बेलादेखि सो सम्बन्धी विधेयक अघि बढाएको बताएका थिए ।
‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्याउने प्रयास गरेको हाम्रो अध्यक्ष तथा संसदीय दलको नेताले प्रष्ट राख्नु भयो । अहिले पनि संसदमा विधेयक आइसकेको छ । अव अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ’, ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्वाङले जानकारी दिए ।
भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र अन्जान शाक्य समेत सहभागी थिए । होलेनसँग नेपालस्थित अमेरिकी दूतावासका अधिकारी समेत थिए । गत शुक्रबार नेपाल आएका होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य रहेका छन् । हेलेनले आइतबार नै सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण