शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

मङ्गलबार, १९ भदौ २०८०, १० : ३५
मङ्गलबार, १९ भदौ २०८०

इजरायल । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्य सागरबाट युरोपसम्म ऊर्जा करिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् । 

तीन देशका नेताहरुबीच निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरूको संयुक्त बयानमा भूराजनीतिक विकासका कारण ऊर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भूमध्य सागरबाट युरोपसम्म ऊर्जा बिस्तार गर्न सहमति जुटेको बताइएको छ । 

बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स र इज्रायल र ग्रिसका प्रधानमन्त्री क्रमशः बेन्जामिन नेतान्याहू र किरियाकोस मित्सोटाकिसले ऊर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले इजरायल र साइप्रसले आगामी तीनपछि ५ महिना भित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप