साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति
इजरायल । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्य सागरबाट युरोपसम्म ऊर्जा करिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।
तीन देशका नेताहरुबीच निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरूको संयुक्त बयानमा भूराजनीतिक विकासका कारण ऊर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भूमध्य सागरबाट युरोपसम्म ऊर्जा बिस्तार गर्न सहमति जुटेको बताइएको छ ।
बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स र इज्रायल र ग्रिसका प्रधानमन्त्री क्रमशः बेन्जामिन नेतान्याहू र किरियाकोस मित्सोटाकिसले ऊर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ ।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले इजरायल र साइप्रसले आगामी तीनपछि ५ महिना भित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण