सोमपालको जुत्तामा विराट कोहलीको अटोग्राफदेखि भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाएको क्षणसम्म
काठमाडौँ । सधैँ टेलिभिजनको पर्दामा देखिरहेका आफ्ना आदर्श खेलाडीहरूसँगै नेपाली खेलाडीले यस पटक एसिया कप खेले । नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहेन, प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरे ।
नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पहिलो पटक एसिया कप खेलिरहेको भान हुन दिएनन् । खासगरी भारतविरुद्धको खेलमा त नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । विश्व क्रिकेटमा स्थापित भारतीय खेलाडीहरू समेत नेपाली खेलाडीको प्रदर्शनबाट प्रभावित बने ।
खेलका क्रममा नेपाली खेलाडीले आफूले आदर्श मान्दै आएका भारतीय खेलाडीहरू भलाकुसारी पनि गरे । उनीहरुले विराट कोहली, रोहित शर्माजस्ता प्रभावशाली भारतीय खेलाडीको अटोग्राफ पनि लिन भ्याए ।
यसैक्रममा नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले पनि भारतीय टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको अटोग्राफ लिएका छन् । उनले आफ्नो जुत्तामा विराट कोहलीको अटोग्राफ लिएका हुन् । त्यो तस्बिर सोमपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले खेलेका छन्, ‘विराट कोहली एउटा क्रिकेटर मात्र होइनन्, उनी भावना पनि हुन् ।’
यसैबीच, नेपाली क्रिकेट टोलीको प्रदर्शनलाई लिएर इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने टोलीहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालले एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।
खासमा खेलपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले खेलपछि आफ्ना खेलाडीलाई भारतीय टोलीको ड्रेसिङ रुपमा लिएर गएका थिए । नेपाली टोलीका प्रमुख प्रशिक्षक देसाई भारतीय नागरिक हुन् ।
उनी आफ्ना खेलाडीलाई भारतीय खेलाडीसँग भेटाएर अनुभव आदान—प्रदान गराउन चाहन्थे । सो अवसरमा दुबै टोलीका खेलाडीले खेलको विषयमा कुराकानी पनि गरेका थिए । त्यतिबेला नै नेपाली खेलाडीहरूले भारतीय खेलाडीहरूको अटोग्राफ पनि लिएका हुन् ।

त्यतिबेला भारतीय टोलीका खेलाडीहरूले नेपाली खेलाडीलाई मेडल पनि लगाइदिएका थिए । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले पनि नेपालीको खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको बताउँदै खेलाडीलाई मेडल लगाइदिएका थिए ।
द्रविड भारतीय टोलीका पूर्व कप्तान पनि हुन् । उनी भारतीय टोलीका सफल कप्तानमध्ये एक मानिन्छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएको भिडियो सेयर गरेको छ ।
आईपीएल क्लब चेन्नई सुपर किङ्सले सामाजिक सञ्जाल फेसबुकमा नेपाली टोलीको तस्बिर सेयर गर्दै लेखेको छ, ‘हिमालयनदेखि एसिया कपसम्मको यात्रा । यो हो नेपालको विश्व क्रिकेटको गौरवमय यात्रा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण