पहिलो पटक नेपाली भलिबल खेलाडीलाई मासिक पारिश्रमिक
काठमाडौँ । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले मासिक पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन् ।
राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको जानकारी मंगलबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघले दियो ।
हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्वखेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ ।
संघका अनुसार, अमेरिकामा रहेका सहयोगीहरुले भलिबल खेलाडीका लागि पठाएको तीन महिनाको पारिश्रमिक संघको खातामा आइसकेको छ । सोही अनुसार संघले खेलाडीलाई सेक्टेम्बर, अक्टोबर र नोबेम्बर महिनाको पारिश्रमिक एकमुष्ट उपलब्ध गराएको हो ।
संघले आगामी दिनमा खेलाडीको सुविधामा थप वृद्धि गर्दै लैजाने योजना बनाएको पनि संघले जनाएको छ । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । हाल नेपालमा क्रिकेट र फुटबलका खेलाडीले मात्र मासिक रुपमा पारिश्रमिक पाउँछन् ।
‘नेपाली भलिबल खेलको इतिहासमा भलिबल टिमका सदस्यहरुले थोरै भए पनि मासिक पारिश्रमिक प्राप्त गरेको यो पहिलो पटक हो । संघको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालभर खेलाडीलाई यस प्रकारको सुविधा दिलाउन अन्य विभिन्न राष्ट्रमा रहेका भलिबलप्रेमीहरुसँग अझै समन्वयन गर्नेछ । हामीलाई सहयोग गर्ने अमेरिकामा रहेका मनकारी सहयोगी हातहरुलाइ नेपाल भलिबल संघ नमन गर्दछ,’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण