‘जवान’ले पहिलो दिनमै १ सय करोड कमाउने अपेक्षा
मुम्बई । शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ लाई लिएर बलिउडमा यतिबेला निकै उत्साह रहेको छ । बलिउडको व्यापार विज्ञदेखि चलचित्र क्षेत्रभित्रका मानिसहरू जवानले कति कमाई गर्न सक्छ भनेर अनुमान गरिरहेका छन् ।
एटलीले निर्देशनको चलचित्रमा शाहरुखसँगै नयनथारा, विजय सेथुपति, शान्या मलहोत्रा र रिधी दोगराको मुख्य भूमिका रहेको छ । निर्माता तथा फिल्मको व्यवसाय विश्लेषक गिरिस जोहरले विश्वव्यापीरुपमा जवानले १ सय करोड भारु कमाउने अनुमान गरेका छन् । उनले चलचित्रले यसअघि पठानले घरेलु बजारमा पहिलो दिनमा कमाएको रकमलाई उछिन्दै ६० करोड भारु कमाउने बताएका हुन् ।
जोहरका अनुसार हप्ताको अन्त्यमा नै चलचित्रले विश्वभरबाट ३ सय करोडको आँकडा पनि गर्नेछ । उनले भने, ‘मैले पहिलो दिनमा विश्वभरबाट चलचित्रले १ करोड भारु कमाउने अपेक्षा गरेको छु । घरेलु बजारमा ६० करोड र देशबाहिर ४० करोड रुपैयाँ कमाउने मेरो अनुमान छ । चलचित्रले सजिलै पठानले पहिलो दिनमा कमाएको रकमलाई उछिन्नेछ,’ उनले भने ।
चलचित्रले प्रत्येक दिन १ सय करोडको हाराहारीमा कमाएर पहिलो सप्ताहान्तमा नै ३५० वा ४ सय करोड कमाउनेछ ।
उता पीभीआर इनोक्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जिव कुमार बिजलीले जवानले पहिलो दिनमा ६५ करोड भारु कमाउने अनुमान गरे । पहिलो सप्ताहान्तमा चलचित्रले करिब २३० करोड कमाउने उनको जिकिर छ । जवानका लागि बिहान ५ बजेदेखि नै सोहरू लगाइएको छ । बिहानकै सोहरू पनि हाउसफूल भइसकेका छन् । मंगलबारसम्म भारतमा चलचित्रका ७ लाख टिकट बिक्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण